Websoft University

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै


सुनसरी असार २७ गते । सुनसरीको सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढ्दै गएको हो । 

पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ । शुक्रबार विहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ । पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ३२ वटा ढोका खोलिएको छ भने खतराको संकेत स्वरुप रातो बत्ति समेत बालिएको छ ।

नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ । चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्परहरुमा देखापर्ने सम्भावना रहन्छ ।

२०६५ भदौ २ गते मानवीय क्षति हुने गरी सप्तकोशी नदीमा आएको पानीको बहाव १ लाख ६० हजार क्युसेक भन्दा माथिनै रहेको थियो । त्यसैले पनि अहिले नदी आसपास वस्तीका नागरिकहरु त्रसित रहेका छन् ।

अघिल्लो वर्ष वर्षायामको मध्यतिर कोशी नदीमा पानीको बहाव पौने ४ लाख क्युसेक प्रतिसेकेण्ड पुगेको थियो । वर्षाका कारण सुनसरीका खोला तथा नालाहरुमा पानी बढेपनि कहिँकतै डुबानको अवस्था भने नरहेको सुनसरी प्रहरीले जनाएको छ । पानीको उचित निकासको अभाव र बन्दै गरेका सडकलगायतका संरचनाका कारण धेरैजसो स्थानमा पानी जम्न पुगेको छ । खाल्टा खुल्टीमा जमेको पानी र सडक बाटोको जिर्ण र हिलाम्य अवस्थाका कारण आवतजावतमा समस्या देखा परेको छ ।

सप्तकोशी नदीमा बनेको कोशी ब्यारेजले ७ लाख क्युसेकसम्म पानी थेग्छ भनिन्छ । तर पहाडबाट बगाएर ल्याएको बालुवा कोशी ब्यारेजको उत्तरतर्फ थुप्रिँदै गर्दा कोशी ब्यारेजमा थोरै पानीको बहावले पनि ओभरफ्लोका साथै बाँध भत्काएर बाढी ल्याउन सक्ने अवस्था रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.