Websoft University

ढिलो वर्षा हुँदा अहिले सम्म २४ प्रतिशत मात्रै धान रोपाई एकोछ

 

काठमाण्डौ असार २६ गते । रातो तारा डट कम,यस वर्ष अहिलेसम्म करिब २४ प्रतिशत धानखेतमा मात्रै धान रोपाई भएको छ । हालसम्म एक चौथाइ क्षेत्रफलमा पनि धान रोपाई हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । ढिलो वर्षा भएकाले अव मात्र किसानहरुले धान रोपाई गर्न थालेका छन ।

मन्त्रालयका अनुसार असार २२ गतेसम्म नेपालमा २३ दशमलव ७६ प्रतिशत मात्र रोपाइ सकिएको हो । गएको बर्ष यसै अवधिमा ५२ दशमलव ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । 

गत वर्षको तुलनामा यो वर्ष यो अवधिमा झण्डै ३० प्रतिशतले कम धान रोपाई भएको छ । नेपालको भौगोलिक अवस्थाअनुसार उच्च पहाडमा सबैभन्दा बढी ३४ दलशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ भने दोस्रोमा मध्य पहाडी क्षेत्रमा ३१ दशमलव १५ र तराईमा २० दशमलव ६१ प्रतिशत धान रोपाई भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.