Websoft University

खुल्ला दिसामुक्त महानगर घोषणा


विराटनगर । रातो तारा डट कम, विराटनगर महानगरपालिकालाई खुल्ला दिसामुक्त महानगर घोषणा गरिएको छ । महानगरपालिका भित्रका सबै घरमा शौचालय निर्माण भए संगै आजदेदि खुला दिसामुक्त महानगर घोषणा गरिएको हो । यो घोषणा संगै विराटनगर महानगरपालिका नेपालकै पहिलो खुला दिसामुक्त महानगर बनेको छ ।

नगरको संरचनामा समेत फेरवदल भएसंगै विराटनगर महानगरका गाभिएका वडा नम्बर १८ र १९ लाई समेत आज खुल्ला दिशामुक्त वडा घोषणा गरेसंगै विराटनगर महानगर पूर्णरुपमा खुल्लादिसामुक्त क्षेत्र घोषणा भएको हो । 

यसभन्दा अगाडि नै महानगरपालिका भित्रका अन्य वडाका सबै घरधुरीमा चर्पीको पहुच पुगिसकेको थियो । वडा नम्बर १८ का २ हजार २ सय ५६ घरधुरीमा नै चर्पी निर्माण गरी खुल्ला दिशामुक्त घोषणा गरिएको छ भने १९ का २ हजार ९ सय ५१ घरमा नै चर्पी निर्माण गरी खुल्ला दिशामुक्त वडा घोषणा गरेसँगै विराटनगर खुल्ला दिशामुक्त महानगर बन्न पुगेको छ । अब महानगर भित्रका १९ वटै वडाका ५३ हजार ५ घरधुरीमा चर्पीको पहुच पुगेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश नं. १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएकोमा धन्यवाद दिदै यस्ता कामको निरन्तरता र कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले खुल्ला दिसामुक्त क्षेत्र बनाउने कुरा त्यती सहज नभएपनि लामो प्रयास र सवैको सहयोगमा सम्भव भएको बताए । उनले खुल्ला दिसामुक्त अभियानलाई पूर्णता दिन दीर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताए ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले मोरङ जिल्लालाई नै खुल्ला दिशामुक्त बनाउने अभियान अनुरुप कार्यहरु अगाडि बढाइएको बताए ।
कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले सबैको साथ र सहयोगले विराटनगरलाई सुन्दर सफा र हरियाली बनाउन कुनै कसर बाकी नराख्ने बताइन् । सो अबसरमा खुल्ला दिसामुक्त क्षेत्र अभियानमा काम गर्ने विभिन्न संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विराटनगर महानगरमा प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी ,नेकपा जिल्ला सदस्य शारदा मैनाली ,संयुक्त टोल विकास समन्यव समितिका संयोजक राजेश मास्के ,समाजवादीका पार्टीका मो.नसरुललगायतले बोलेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.