Websoft University

संसदका विभिन्न समितिहरुको बैठक पनि बस्दै


बिराटनगर असार १९ गते । रातो तारा डट कम,आज संसदका विभिन्न समितिहरुको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने विकास तथा प्रविधि समितिको बैठकमा स्मार्ट लाइसेन्स, विद्युतिय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे छलफल हुँदैछ ।

छलफलमा भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ समेत आउनु हुनेछ । यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ ।

बिहान साढे ८ बजेका लागि बोलाइएको बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । आजै विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.