Websoft University

मुख्यमन्त्री कप प्रदेश लिग अब धरानमा हुने

विराटनगर असार  २५ गते । रातो तारा डट कम,धरानमा भएको लिगको खेललाई लिएर मुख्यमन्त्री कप प्रदेश लिग, प्रदेश लिग विवादमा फसेको छ । लिग अन्तर्गत धरानबाट सुनसरी र धनकुटा दोश्रो चरणमा प्रवेश र तेह्रथुम प्रतियोगिताबाट बाहिरिएसंगै चर्चा सुरु भएको हो ।

लिग अन्तर्गत धरानमा सम्पन्न भएको समूह चरणको खेलमा समान ८ अंक जोडेका तेह्रथुम, धनकुटा र सुनसरी मध्ये तेह्रथुम प्रतियोगिताबाट बाहिरिएको थियो। समूह चरणको अन्तिम खेलमा सुनसरीले भोजपुरलाई १ का विरुद्ध ९ गोल र धनकुटाले संखुवासभालाई २ का विरुद्ध ७ गोल अन्तरले पराजित गरेका थिए । यसअघि दोश्रो चरण प्रवेशका लागि तेह्रथुम ८ अंकसहित सुरक्षित रहेको थियो । अन्तिम खेलमा दुवै टोलीको अप्रत्यासित नजिताले धनकुटा र सुनसरी दोश्रो चरणमा प्रवेश पाएका थिए ।

यस बिषयमा आयोजक समक्ष कुनै प्रकारको उजुरी नआएको प्रतियोगिता अध्यक्ष किरण राईले जानकारी दिए । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष किरण राईले प्रतियोगिता नियामावली अन्तर्गत रहेर निर्णय भएको र तेह््रथुम प्रतियोगिताबाट बाहिरिएको स्पस्ट पारे । उनले भने, ‘हालसम्म कसैको कम्पलेन आएको छैन, दाबी विरोध भएको छैन । जसका कारण सुनसरी र धनकुटा दोश्रो चरणमा प्रवेश गरेका छन् ।’

यदद्पी लिग नियमावलीको अंक र स्थान निर्धारण अन्तर्गत ५ को ‘ङ’ मा यदि दुई वटा टोलीबीच अंक बराबर भएको खण्डमा, बराबर भएको टोलीबीच बढि गोल गर्ने टोली अर्को चरणमा प्रवेश गर्ने जनाइएको छ ।

यसअन्र्तगत तेह्रथुम, सुनसरी र धनकुटाको समान ८ अंक भएपनि तीन टोलीमध्ये तेह्रथुमको टोलीले ४ गोल गर्दै ४ गोल आत्मसात गरेको छ। त्यसैगरि सुनसरी र धनकुटाले ३ गोल गर्दै ३ गोल आत्मसात गरेकाअछन् ।

‘यसै अन्तरका आधारमा तेह्रथुम दोश्रो चरणमा पुग्नुपर्ने थियो तर, त्यो भएन ।’ अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार, जारी प्रतियोगिता एन्फाकै नियमावाली मातहत रहेर बनाइएको छ । उनले भने, ‘प्रदेश लिग कमिटी अलग्गै भएका कारण नियमावली फरक बनाउन सकिने भएपनि जारी प्रतियोगिता एन्फाकै नियमावली भित्र रहेर भइरहेको हा े।’

त्यसैगरि, बुधबार नै तेह्रथुम जिल्ला खेलकुदका पदाधिकारीहरु एन्फामा पुगेर आइतबार सम्पन्न खेलको विषयमा उजुरी दिन पुगेको बताइएको छ । उनीहरुले एन्फाका उच्च पदाधिकारीसमक्ष धनकुटा र संखुवासभा, सुनसरी र भोजपुरबीच सम्पन्न खेलको विषयमा मिलोमतो भएको आंशकामा उजुरी दिन पुगेको एन्फाका पदाधिकारीले जनाएका छन् ।

प्रतियोगिताको दोश्रो चरणमा सुनसरी, मोरङ, धनकुटा, झापा, खोटाङ र इलामको टोलीले स्थान पक्का गरेका छन् । आयोजक पक्षले खराब मौषमका कारण प्रतियोगिताको दोश्रो चरणको खेलहरु धरानमा गर्ने जनाएको छ । यसअघि ती सबै खेल विराटनगरमा हुने बताइएको थियो।

मुख्यमन्त्री कपको चाँदीको ट्रफी सार्वजनिक:-
मुख्यमन्त्री कपकोचाँदीको ट्रफी सार्वजनिक गर्दै प्रतियोगिता सम्योजक किरण राई । तस्वीर पुष्पराज थपलिया
मुख्यमन्त्री कप प्रदेश लिग फूटवल प्रतियोगिता–२०७६ को फाइनल खेलका विजयी टोलीलाई प्रदान गरिने चार केजी चाँदीको ट्रफी आज विराटनगरमा सार्वजनिक गरिएको छ ।

सुनसरीको धरानमा असार २७ गतेदेखि ३१ गतेसम्म फाइनल चरणको खेल हुने भएको छ । प्रतियोगिता संयोजक एवम् अखिल नेपाल फूटवल संघका प्रवक्ता किरण राईले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी वर्षादको कारण विराटनगरको शहीद रंगशाला डुवानका कारण खेल स्थल धरानमा सार्नु परेको जानकारी दिए ।

लिग कम नकआउट अन्तर्गत हुने हुने खेलमा ‘क’ समूहमा धरान फूटवल क्लव सुनसरी, बौद्धिक बिकास समाज समिति, धनकुटा, बेलवारी पूmटवल क्लव मोरङ, छन भने ‘ख’ समूहमा सैनिक युथ क्लव, झापा, बाक्सिला फूटवल क्लव खोटाङ्ग र रेडहर्स क्लव , इलाम रहेका छन् । प्रतियोगितामा फाइनल खेल असार ३१ गते हुने भएको छ।

सञ्चार संयोजक रोहित कोइरालाले मोफसलको क्ववहरुलाई व्यवसायिक वनाउन र खेलाडीहरुलाई खेलेर जीवन यापन गर्न रोजगारी प्राप्त होस भन्ने उद्देश्यले प्रतियोगिताकोे आयोजना गरिएको वताए ।

विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफि हात पार्ने छ भने बाकी सवै ४ टिमले ७५–७५ हजार नगद सान्तन्वाको रुपमा पाउँने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख पुरस्कार दिने संयोजक राईले जानकारी दिए । उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडिले नगद २५–२५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडिले नगद ५–५ हजार पाउँने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.