Websoft University

जनताको मनसाय बिरुद्घ बामपंथी सरकारले भारत संग घुडै टेक्यो–जनता बिषालु कृषि जन्य बस्तु प्रयोग गर्न बाध्य


काठमाण्डौ असार २२ गते । रातो तारा डट कम,नेपालले तत्कालका लागि भनेर भारतबाट आउने कृषिजन्य बस्तुमा विषादी परीक्षण स्थगन गरेपनि भारतले भने गर्दै आएको छ । नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले ६ बर्षदेखि विषादी परिक्षण गरिरहेको छ । भारतले कोलकाताको प्रयोगशालामा नमुना लगेर परीक्षण नगरी भारत निकासी गर्न पाइँदैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालका व्यवसायीले भारतको कोलकाता र लखनउमा रहेका प्रयोगशालामा कृषिजन्य बस्तुका नमुना लगेर परीक्षण गराउनुपर्छ । नमूना परीक्षण गर्दा कम्तिा एक हप्तादखि १५ दिनसम्म सीमा नाकामै सामान रहने गरेको छ । नेपाली, चिया, अदुवा, कफीमा विषाधीका नाममा बेला बेला भन्सार नाकामा कडाई हुने गरेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.