Websoft University

विराटनगर प्लाटिनम राउण्ड टेवलमा पारख


विराटनगर,असार २१ गते । रातो तारा डट कम,विराटनगर प्लाटिनम राउण्ड टेवलको १३ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।

आज भएको साधारणसभाले पवन पंकज पारखको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सन्नी अग्रवाल, सचिवमा सौरभ गोल्छा, कोषाध्यक्षमा श्रेयनश कुन्डलिया चयन हुनुभएको छ ।

 प्लाटिनमले सुगन्ध थलिसिमिया र दुई वटा विद्यालयको भौतिक संरचना निर्माण र अन्य सहयोग उपलब्ध गराउँदै आएको छ । त्यस्तै समय–समयमा रक्तदानसमेत आयोजना गर्ने गरिएको प्लाटिनमका निवर्तमान अध्यक्ष लोकेश टिडेवाल जानकारी दिनुभयो ।

 प्लाटिनममा ४० वर्षभन्दा कम उमेर समूहका युवाहरु आबद्ध छन् । प्लाटिनमबाट मनोजकुमार गुप्ता र अमितकुमार जैनलाई विदाईसमेत गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.