Websoft University

बर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो

बिराटनगर असार ३१ गते । रातो तारा डट कम,केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण ७८ जनाको मृत्यु भएको छ । त्यस्तै ३२ बेपत्ता र ४० जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएका र तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ ।  

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण तीव्र पारिएको बताउनुभयो ।  

अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.