Websoft University

राष्ट्रिय क्रिकेट टिमको घोषणा


काठमाण्डौ असार १६ गते । रातो तारा डट कम,संगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले पत्रकार सम्मेलन गरी कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । नेपालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ सदस्यी टिमको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गर्नुभएको हो । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल, जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ । नेपालले पहिलो पटक पत्रकार सम्मेलन गरी टोलीको घोषणा गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.