Websoft University

प्रतिपक्षसँग सहकार्य गर्न सरकार तयारछ ःप्रधानमन्त्री ओली


काठमाण्डौ असार १६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।  राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको हिजो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।  प्रधानमन्त्री ओलीले सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा भएको उल्लेख गर्नुभएको छ ।  सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ । प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितीको अन्त्य गर्नुपर्ने पनि बताउनुभएको छ । प्रधानमन्त्री ओलीले देशमा काम गर्न सक्ने जनसंख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
सम्मेलन आज सम्म चल्ने छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.