मोहन कुमार राई-जेष्ठ ३० गते। संखुवासभा÷ चैनपुर नगपालिका वडा नं. ३ स्थित पोखरीको बाला डाँडामा विद्युत मर्मत गर्ने क्रममा पोलमा चढ्ने क्रममा करेन्ट लागेर घाइते भएको थियो ।
विद्युत कार्यालयका कर्मचारी डिल्ली प्रसाद न्यौपाने विद्युत मर्मत गर्ने क्रममा आज करिव साडे ४ बजे करेन्ट लागेर पोलबाट भुइमा झरेको थियो ।
निज घाइतेलाई तत्काल चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर मा लगिएको तर त्यहा उपचार हुन नसकी थप उपचारको लागि आजै उनको भाई डम्बर प्रसाद न्यौपानेका साथ को १ ज ३०४६ नं. को बोलेरो गाडीबाट धरान स्थित विपि कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठान धरान घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Post a Comment