मोहन कुमार राई-जेष्ठ ३० गते । रातो तारा डट कम,
संखुवासभा-“अवको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य” मुल नाराका साथ सरोकारवाला निकायहरुको संयुक्त अनुगमनको क्रममा चैनपुर प्राथमिक स्थास्थ केन्दमा एक अन्तरक्रिया कार्यक्रमक सम्पन्न भएको छ ।
आइपास नेपालको सहयोगमा समाज विकास केन्द्र सोडेकको आयोजनमा भएको सो कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख कपिलेश्वर प्रसाद शाह, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राम शरण श्रेष्ठ, सहितले सहजीकरण गर्नुभएको सो कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारी, स्वास्थ्य स्वयमसेवीका लगायत २ दर्जन बढीको सहभागीतामा प्रास्वाकेन्द्र चैनपुरको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन कुमार शाक्य, चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्री, भोटखोला गाउँपालिकाका उपाध्यक्ष पानजम भुटिया सहित आइपास नेपाल गैरसरकारी संस्थाका प्रतिनिधिहरु सहितको टोलीले चैनपुर प्राथमिक स्वास्थय केन्द्रमा सञ्चालित सुरक्षीत गर्भपतन सम्बन्धी अनुगमन गर्दै रुपान्तरीत अन्तरक्रिया कार्यक्रममा सर्वसुलभ र सुरक्षित गर्भपतन सरकारको लक्ष रहेको खुलसा गर्दै जिल्ला समन्वय प्रमुख शाक्यले असुरक्षित गर्भपतनले महिलाको जीवन जोखिममा रहने वताउनुभयो ।
यसैगरी कार्याक्रममा चैनपुर नगरपालिका प्रमुख खत्रीले सुरक्षित गर्भपतन गर्न सरकारी स्वास्थ्य संस्थाहरु नै आजको समय सापेक्ष आवश्यकता रहेको हुँदा सरकारी स्वास्थ्य संस्थाहरु प्रविधि र क्षमताको विकास गर्न स्थानीय सरकार प्रयासरत रहेको वताउनुभयो । जिल्लाका १५ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भ पतन गराउदै आएकोमा जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभा पछि चैनपुर दोस्रो सुविधा सम्पन्न गर्भपतनका लागि स्थापित भएको स्वास्थ्य संस्था हो ।
यो वर्षको जेष्ठ महिनाको हिजो सम्ममा २० जना महिलाले सुरक्षित गर्भपतन प्रथमिक स्वास्थ्य केन्द्र चैनपुरमा गराएको समेत मेडिकल अधिकृत राम शरण श्रेष्ठले जानकारी गराउनुहुँदै स्वास्थ्य परामर्शका साथ गोपनियता कायम राख्दै महिलाहरुको सुरक्षित गर्भपतन गराउदै आएको जानकारी समेत दिनुभयो ।
असुरक्षित रुपले अन्य निजी क्लिनीकमा लुकीछिपि गर्भपतन गराउदा उनीहरुको जीवन नै जोखिममा पर्ने हुँदा स्थानीय नगर स्वास्थ्य समिति र सरोकार पक्षले अनुगमन गरेर यसको रोकथाम गर्नसकेमा अकालमा महिलाहरु मृत्युको मुखबाट बच्चन सक्ने समेत डा.श्रेष्ठको ठम्याइ छ ।
कार्यक्रममा जिल्लाभर स्वास्थ्य संस्थाहरुमा गरिएको गर्भपतनको समिक्षा गर्दै विगत वर्षका तुलनामा यस वर्षका प्रत्येक महिनामा उल्लेखिय रुपमा सुरक्षित गर्भपतनमा वृद्धि भएको वताइएको छ ।
समाज विकास केन्द सोडेक प्रमुख खमानसिह राईले अघिल्लो वर्षको चैत्र सम्मको तथ्या कार्यक्रममा जिल्लाभर स्वास्थ्य संस्थाहरुमा गरिएको गर्भपतनको समिक्षा गर्दै विगत वर्षका महिनाहरुको तुलनामा यस वर्षका प्रत्येक महिनामा उल्लेखिय वृद्धि भएको वताइएको छ । पुस महिनामा ६२ जनाले सुरक्षित गर्भ पतन स्वास्थ्य संस्थामा गराएको देखिन्छ । यसैगरी यस वर्षको पौष महिना भरीमा १ सय १९ जना महिलाले सुरक्षित गर्भ पतन गरेका थिए ।
त्यसतै फाल्गुण तथ्याङ्कलाई हेर्दा अघिल्लो वर्ष ६८ जनाले गर्भपतन गराएका थिए भने यस वर्षको फाल्गुण महिनामा १ सय १७ जनाले गर्भपतन गराएको समेत राईले जानकारी दिनुभयो । संस्थाले जिल्लाको हरेक स्वास्थ्य संस्थाबाट महिलाहरुले सामाजिक रुपबाट अपमानित हुने डरले लुकिछिपी गैरकानुनी रुपबाट गर्भपतन गराउने प्रकृयालाई सचेतनाका माध्यमबाट महिलाहरुलाई सुसुचित गर्दै गोपनियता र सुरक्षीत रुपबाट सरकारी स्वास्थ्य संस्थाहरुमा नै सुरक्षित गर्भपतन गराउ अभिप्रेरित गराउने उद्देश्यका साथ संस्था क्रियाशिल रहेको समेत वताउनुभयो ।
Post a Comment