Websoft University

इटहरीमा मिस व्युटी आइकन हुने


शिव भट्टराई इटहरी । इटहरीमा मिस व्यूटी आइकन हुने भएको छ । आयोजक एम के फोटोग्राफीले विहीवार पत्रकार सम्मेलन गरी मिस व्युटी २०१९ आयोजना गर्र्ने तयारी भइरहेको बतायो ।

पत्रकार सम्मेलनमा आयोजना कार्यक्रम संयोजक बसन्त बस्नेतले स्थानीय युवतीहरुको प्रतिभा प्रष्फुटनका लागि मिस व्युटी आइकन गर्न लागिएको बताए ।

आइकनको पहिलो अडिसन आगामी असार ७ गते हुने संयोजक बस्नेतले बताए । त्यसैगरी, दोस्रो अडिसन असार १४ गते हुनेछ । पहिलो र दोस्रो अडिसनबाट २५ जना युवतीहरु छनौट गरिनेछ । यसरी छनौट गरिएकाहरुलाई असार २२ गतेबाट ट्रेनिङ्ग दिइने आयोजकले जनाएको छ । १ महिनासम्म ट्रेनिङ्ग गरेपछि फिनाले गरिने आयोजना अध्यक्ष तपश्या रणपालले बताइन् ।

फिनालेमा प्रथम हुने युवतीले ५० हजार नगद प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो हुनेले ३० हजार र तेस्रो स्थान हासिल गर्नेले १५ हजार नगद प्राप्त गर्नेछन् । साथै विभिन्न सव टाइटलहरुलाई पनि ५ हजार नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ । अडिसन फर्मका लागि ५ सय रुपैया तोकिएको जनाइयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.