काठमाण्डौ जेष्ठ ३० गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले गुठीको प्राण उडाउने गरी गुठी विधेयक ल्याएको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा आज सांसद सिंहले गुठीको प्राण उडाउने गरी सरकारले खराब नियतबाट विधेयक ल्याएको आरोप लगाउनुभयो । संविधानको धारा २९० ले गुठीको मूल भावनाविपरीत हुने गरी कानुन संशोधन गर्न नपाने भनेको उहाँले बताउनुभयो ।
फिर्ता गरी छलफल गरेर मात्रै विधेयक ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । गुठी विधेयक कसका लागि आएको र सरोकारवालासँग किन छलफल गरिएन ? भन्दै सिंहले प्रश्न गर्नुभएको थियो ।
Post a Comment