काठमाण्डौ जेष्ठ ३० गते । रातो तारा डट कम,बालश्रम विरुद्धको दिवस विश्वभरी विभिन्न कार्यक्रम गरि मनाइएको भए पनि नेपालमा भने बाल श्रम उलमुलन भएकैछैन । यो जून महिनाको १२ तारिखमा विश्वभरि मनाईने अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेका बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका प्रत्येकलाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई आय आर्जनकालागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन बर्जित गरेको छ ।
अन्तराष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १ सय ३८ मा नेपालले पनि हस्ताक्षर गरी ऐक्यवद्धता जनाएको छ । बालबालिकाले हप्ताको १४ घण्टा काम गर्र्न सक्नेछन् तर यसवापत उनिहरुको नियमित विद्यालय, स्वास्थ र समग्र विकासमा कुनै हानी पुग्न नहुने उल्लेख गरिएको छ ।
Post a Comment