Websoft University

ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको भवन शिलान्याश


ताप्लेजुङ, जेष्ठ ३१ गते। रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको हाता भित्र निर्माण हुन लागेको कार्यालय भवनको आज शिलान्याश भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले आज एक कार्यक्रमका बिच उक्त भवनको शिलान्याश गर्नु भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रहरी प्रमुख रिजालले नागरीक प्रहरी सहकार्यको खाँचो रहेको बताउँदै प्रहरी र नागरीकको सहकार्यबाट मात्रै समाजमा शान्तिसुरक्षा अमनचयन कायम हुने हुँदा शान्ति सुरक्षा कायम गर्ने
प्रयासमा सघाउन नागरीक समाजसंग आग्रह गर्नु भएको थियो ।

वहाँले प्रहरीको काम कारवाही र उनीहरुको दैनिकीका बारेमा स्थानीय तहका नेतृत्वकर्ताले अभिभावकीय भूमिका खेल्न सक्ने भन्दै प्रहरीका संरचना बनाउन र उनीहरुको कार्य सम्पादनमा सहजता ल्याउन समेत स्थानीय तहका नेतृत्वकर्तासंग आग्रह गर्नु भयो ।

कार्यक्रममा वहाँले नयाँ भवन संगसंगै उच्च मनोवलका साथ काम कारवाही गर्न प्रहरी कर्मचारीहरुलाई निर्दैशन दिनुहुँदै उच्च मनोवल र स्वच्छ भावनाका साथ काम गर्ने हो भने शान्ति सुरक्षामा कुनै पनी चुनौती आई नपर्ने धारणा राख्नु भयो। २ करोड ४६ लाख ८८ हजार ९ सय ७३ रुपैयाँको कुल लागतमा निर्माण हुन लागेको उक्त संरचनामा कार्यालय भवन, ब्यारेक, महिला तथा पुरुष हिरासत कक्ष र छुट्टै मेश तथा शौचालय रहने छन् ।

 शिलान्याश कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न स्थानिय तहका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरु, स्थानीय ब्यबसायी, नागरीक  समाजका अगुवाहरु, स्थानीयवासी लगायत करिव २०० जनाको उपस्थीति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.