Websoft University

ट्राफिक प्रहरीले १० महिनाको अवधिमा ७७ लाख ३४ हजार राजस्व संकलन


श्याम राई -उदयपुर-गाईघाट,जेष्ठ ३१ गते ।
रातो तारा डट कम,विभिन्न सवारी साधनलाई कार्यवाही गरेर ट्राफिक प्रहरीले चालू वर्षको १० महिनाको अवधिमा ७७ लाख ३४ हजार राजस्व संकलन गरेको छ ।

उक्त अवधिमा ट्राफिक नियम उलङघन गर्ने ११ हजार ६ सय ५० सवारी चालकबाट उक्त रकम उठेको जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख सई दिनेश कुमार चौधरीलेबताए । ट्राफिक नियम उलङघन सबै भन्दा बढी टिफर र ट्रक चालकबाट भएको चौधरीले बताए ।

टिफर र ट्रक चालकपछि दोश्रोमा मोटरसाईकल चालक कार्यावाहीमा परेको उनले बताए । दश महिनाको अवधिमा सबै भन्दा बढी श्रावण महिना १ हजार ३ सय ५० वटा सवारी साधन कार्यवाहीमा परेर त्यसबाट ८ लाख ८३ हजार रुपैया राजस्व उठेको उनले बताए ।

त्यसैगरि सबै भन्दा कम राजस्व भदौमा उठेको थियो । उक्त महिनामा ८ सय ५० सवारी साधनलाई कार्यवाहीगरि ५ लाख १७ हजार रुपैया राजस्व उठाईएको ट्राफिक प्रहरीको रेकर्डमा उल्लेख छ ।

चालू वर्षको उक्त अवधिमा ३ हजार २ सय ५ वटा मोटरसाईकल, २ हजार १ सय ७६ वटा जिप, कार, र भेन र १ हजार ३ सय ६ वटा ट्याक्टर ट्राफिक प्रहरीको कार्यवाहीमा परेकाछन् ।


                   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.