Websoft University

विराटनगर महानगरपालिका भित्र डेंगु नियन्त्रणका लागि मालाथिन फगी स्प्रे छिट्न सुरु गर्ने-कहिले कतिखेर कुन समयमा स्प्रे कुन वाडमा गरिन्छ तल हेर्नुस्


बिराटनगर जेठ २९ गते । रातो तारा डट कम,विराटनगरमा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको थियो । डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ ।

नेपालमा डेंगु :-नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारिक रुपमा सन् २००६ को नोभेम्वरमा नेपालमा डेंगु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ। नेपालमा भारतबाट डेंगु प्रवेश गरेको बताइन्छ।

सुरुमा नेपालगन्जमा यो रोग भेटिएको थियो। त्यसपछि विस्तारै तराईका अन्य जिल्लाका सहरी क्षेत्र हँुदै राजधानी काठमाडौंमा समेत देखिन थालेको हो।

बिराटनगरमा आजदेखि मालाथिन फगी स्प्रे छिट्न सुरु गर्ने , कुन दिन कहाँ छर्कने भएको छ र छर्कने स्थान समेत तय गरेकोछ।

जेठ २९ गते देखि विराटनगर महानगरपालिका भित्र डेंगु नियन्त्रणका लागि मालाथिन फगी स्प्रे छिट्न सुरु गर्ने कुरा महानगरले जानकारी गराएको छ ।

यस्तै महानगरले जेठ २९ गते वडा नम्बर १, २, ३, र १० मा , ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा, यसैगरी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा मालाथिन फगी स्प्रे गर्ने कार्यक्रम तय गरेको छ ।
महानगरको नगरवासीलाइ अनुरोध :-
यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि महानगरले आग्रह गरेको छ । डेंगु सक्रमित लामखुट्टेले दिउसो मात्र टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको पनि महानगरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.