Websoft University

महासंघले शहीद पत्रकारको सम्मानमा स्मृति सभाको आयोजना सम्पन्न गर्यो

काठमाडौ जेठ १३ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघले शहीद पत्रकारको सम्मानमा स्मृति सभाको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार कृष्णसेन इच्छुक मारिएको दिन जेठ १३ गतेलाई महासंघले हरेक वर्ष महासंघका सबै तहमा शहीद पत्रकारको सम्मानमा स्मृति दिवस मनाइने बताउनुभयो ।
उहाँले नेपालमा पत्रकारहरु पत्रकारिता गरेकै कारण मारिएका तथा वेपत्ता पारिएको हुँदा घटनाका दोषीलाई कारबाही नभएसम्म महासंघले आवाज उठाइरहने बताउनुभयो ।
महासंघका उपाध्यक्ष विपुल पोख्रेलले महासंघले पत्रकारको पेशालाई चिन्ने भन्दै मारिएका तथा वेपत्ता परिएका पत्रकारको न्यायका लागि सधै लागिरहने बताउनुभयो । उहाँले महासंघ सत्तामा को छ भन्ने भन्दा पनि प्रेस स्वतन्त्राको पक्षमा लड्ने बताउनुभयो ।

प्रेस काउन्सिलका सदस्य इश्वरी ओझाले जुनसुकै पृष्ठभूमिमा बनेका सरकार आए पनि पत्रकारहरु त्यसको सिकार बन्नुपरेको बताउनुभयो ।  नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरले शहीद तथा वेपत्ता पत्रकारका सदस्यको सहभागितामा आगामी दिनमा स्मृति दिवस मनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले पत्रकार कृष्णसेन इच्छुक मारिएको दिनमा महासंघले शहीद पत्रकार तथा वेपत्ता पत्रकार स्मृति दिवसको रुपमा प्रारम्भ गरेको भन्दै यसलाई स्थापित गर्नुपर्ने बताउनुभयो ।

क्रान्तिकारी पत्रकार संघ नेपालका महासचिव बाबुराम भुषालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्रममा लड्दा लड्दै आफ्नो ज्यानको आहुती दिएका पत्रकारहरुले हाल देशमा गणतन्त्र स्थापना भइसक्दा समेत उहाँहरुले लिएको लक्ष पूरा नहुँदा दुख लागेको बताउनुभयो ।

कार्यक्रमका संयोजक जन्मदेव जैसीले नेपालमा द्वन्द्वकालदेखि हालसम्म ३७ जना पत्रकार मारिएका तथा ५ जना पत्रकार वेपत्ता रहेको भन्दै त्यसको न्यायका लागि आवज उठाउन महासंघले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.