Websoft University

बोलेरो दुर्घटनामा ९ घाइते


उदयपुर, वैशाख २ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ भित्तेढुंगामा आज दिउँसो बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । 

दिउँसो साढे ११  बजे यात्रु लिएर जाँदै गरेको बा ८ च ७७७६ नम्बरको बलेरो गाडी उकालोबाटोमा ट्रनिङ मोड्ने क्रममा ब्रेक नलागेर पछाडी सर्दा सचकबाट अनदाजी १० मिटर रल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा बोलेरोमा सवार उदयपुर लिम्चुङबुङ गाउँपालिका-५ बस्ने बर्ष १५ को सुरेन्द्र राई, बर्ष-१७ को अम्बिका राई, बर्ष-३२ को अर्जुन थापा, रौतामाई-३ बस्ने बर्ष-४० की सीता तामाङ, बर्ष-६० को चन्द्र बि.क., लिम्चुङबुङ-५ बस्ने बर्ष-१६ को बिपन ल्वागुन, बर्ष-३४ की साबित्रा परियार, बर्ष-१८ की नीता सुवेल र बर्ष-१६ की शर्मिला दियाली घाइते भएका हुन् । 

घाइते सवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी लिम्चुङबुङ पठाईएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ । बोलेरोका चालक रामेछाप बानकीभण्डार गाउँपालिका-६ बस्ने बर्ष २३ को लाल बहादुर कार्कीलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.