काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन समिति बनाएको हो । समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनियर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य छन् भने सदस्य सचिव मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । हिजो लुक्लामा भएको जहाज प्रहरीसहित तीन जनाको मृत्यु भएको थियो ।

Post a Comment