Websoft University

विद्यार्थी भर्ना अभियान सुरु



काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,मुलुकभर एक साथ विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुयाउँ’ भन्ने नाराका साथ सरकारले भर्ना अभियान सुरु गरेको हो । वैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुवैतर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ । प्रदेश २ मा विद्यालय जाने उमेर समूहका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्यांक छ ।

अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको मन्त्रालयले जनाएको छ । यसका लागि प्रदेश २ सरकारले विशेष किसिमको अभियान नै चलाउने भएको छ ।

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.