Websoft University

मोरङको २ छुट्टाछुट्टै स्थानमा आगलागी ४ घर जलेर नष्ट ५५ लाख बराबरको क्षति


मोरङ, बैशाख ४  गते । रातो तारा डट कम,मोरङको २ छुट्टाछुट्टै स्थानमा हिजो  भएको आगलागीमा अन्दाजी ५५ लाख रुपयाँ बराबरको क्षति भएको छ । आज बिहान ९:३० बजेको समयमा मोरङको कटहरी गाउँपालिका-६ मुस्लिम टोलमा स्थानीय कृष्ण बहादुरलुईटेलको घरबाट अचानक बिद्युत सर्ट भई आगलागी हुँदा निजको २ तले कच्ची घर, छिमेकी  मनोज बिष्ट र कमल बिष्टको घर समेत जलेर नष्ट हुँदा अन्दाजी ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा दिउँसो १२:३० बजे पुर्ण रुपमा आएको साथै कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ । यसैगरी
बिराटनगर महानगरपालिका-५ कमल तिमिल्सिनाको घर भित्र रहेको केमीकल फ्याक्ट्रीमा आज दिउँसो १२:३० बजे बिद्युत सर्ट भई अचानक आगलागी हुँदा घर भित्र रहेको सम्पुर्ण समानहरु जलेर नष्ट भई अन्दाजी १५
लाख रुपँया बराबरको क्षति भएको छ । 

उक्त आगलागी नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको साथै कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएकोछ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.