Websoft University

करेण्ट लागेर युवकको मृत्यु


मोरङ, वैशाख ४ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-७ सरकारी वकील कार्यालय अगाडी मंगलवार करेण्ट लागेर १ युवकको मृत्यु भएको छ । दिउँसो ३ बजे पर्सा संखुवाप्रसेनी गाउँपालिका-१ घर भई विराटनगरमा आशिष निर्माण सेवामा कार्यरत बर्ष २२ को भोजराज दुलाल बिजुलीको तार मर्मत गर्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुलाललाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मंगलवार अपरान्ह पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.