Websoft University

२ वटा मोटरसाईकल आपसमा ठोक्किदा १ को मृत्यु


झापा, वैशाख २ गते । रातो तारा डट कम,झापाको कमल गाउँपालिका-६ गेउरिया भन्ने ठाउँमा आइतवार २ वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

भित्री सडक खण्ड अन्तर्गत राती साढे ८ बजे पाडाजुगीबाट दक्षिण तर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाईकल र  बिपरित दिशाबाट आउँदै गरेको मे ४ प १६५८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । 

दुर्घटनामा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक कमल गाँपालिका-६ बस्ने बर्ष २१ को प्रबिण राजवंशी, मोटरसाईकलको पछाडी सवार  बर्ष २६ को मनोज शाह  र  मे १० प ६८५१ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका-४ बस्ने बर्ष २२ को लोकेश ठटाल घाइते भएका थिए । 

घाइते तीनै जनालाई उपचारको लागि दमक स्थित लाईलाईन अस्पताल लैजाने क्रममा मे ४ प १६५८ नम्बरको मोटरसाईकल चालक प्रविण राजवंशीको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।  दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.