श्याम राई-उदयपुर-गाईघाट,बैशाख २ गते । रातो तारा डट कम,जंगली जनावर गाउँ पसेर मानीसलाई आक्रमण गर्ने र खेतबारीमा लगाएको बाली नाली नष्ट गर्ने घटना यो वर्ष बढेको छ । बादर, भालु, बदेल र हात्तिको आक्रमण वर्ष दिनमा चार जनाको मृत्यु हुनुको साथै विस भन्दा बढी घाईते भएकाछन् ।
बढ्दो वन विनाशसँगै जंगली जनावरको बास स्थान मासिन थालेपछि जंगली जनावर जंगलबाट गाउँ पसेर मानिसलाई आक्रमण गर्ने र अन्नवाली नष्ट गर्न थालेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले बताए ।
‘ यो वर्ष बादर आतंकले स्थानीयबासीहरु बढी चिन्तिमा परेको छ । वादर नियन्त्रण गर्न जन प्रतिनिधि स्थानीय बासिन्दाको माग लिएर स्थानीय प्रशासनमा पुग्नु परेको छ ।’ उनले भने।
वन विनाशसँगै वर्षेनी डढेलोले जंगली जनावरको आहार नष्ट हुन थालेपछि वादरहरु गाउँ पस्न थालेको उनले बताए ।
दुई साता देखि उदयपुरको पहाडी भेगमा बादर आतंकले स्थानीयहरु हैरा नबनेका छन् । त्रियुगा नगरपालिकाको वडा न. १५ को उत्तरी पहाडी भेगको खाँबु, डहर, कुभिण्डे लगायतका एक दर्जन गाउँमा बादरले स्थानीय माथि आक्रमणगरि घाईते तुल्याउने, खेतवारीमा लगाएको अन्नवाली नष्ट गर्ने क्रम बढेपछि स्थानीयले प्रहरी प्रशासन गुहारेकाछन्।
बादरले स्थानीयको खेतवारीमा लगाएको धान, कोदो, मकै, गहु, आलु लगायतका अन्न्वाली खाईदिने गरेपछि बादर धपाउनमा नै स्थानीयको दिनचर्या वित्ने गरेको छ । ‘ अहिले घर बाहिर एक्लै हिड्न समेत सकस भएको छ । झन् केटाकेटीलाई एक्लै कतै हिडडुल गर्न रोक जस्तै लगाएकाछौ।’ वडा न. १५ का वडा अध्यक्ष निर वहादुर मगरले भने ।‘
घरमा पसेर पकाएको सबै खाने कुरा समेत बादरले खान थाल्यो ।’ उनले भने ।‘ बादरको आतंकबाट बच्न दिउसो ढोका थुनेर बस्नु परेको छ । बादरले अति नै गरेपछि नियन्त्रण गर्न बाध्य भएर प्रशासन गुहार्नु परेको उनले सुनाए । ‘ हामीले कसैगरि पनि बादरलाई नियन्त्रण गर्न सकेनौ । बाध्य भएर प्रशासनको सहयोग माग्नु पर्यो ।’ वडा अध्यक्ष मगरले भने ।
जंगलबाट झुण्डका झुण्ड आउने बादरले केटाकेटी, महिला र बृद्धाबृद्धिलाई आक्रमण गर्ने र अन्नपात नष्ट गरेको यस अघि कहिल्यै नभएको उनले बताए ।
‘ बादरले मकै वाली सम्म नष्ट गरेको थियो । मान्छेलाई घाईते हुनेगरि आक्रमण गरेको थिएन तर यो पटक बादरले निकै आतंक मच्चायो ।’ साउने खाँबुका स्थानीय बासीन्दा पूर्व शिक्षक समेत रहेका कुल वहादुर खत्रीले बताए ।
डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत सहायक वन अधिकृत साहले ६० भन्दा बढी सामुदायिक वनको झण्डै १० हजार हेक्टर वन क्षेत्रमा लागेको डढेलोको कारण जंगली जनावर विस्थापित भएर गाउँ पसेको बताए ।
‘ गास,बास डढेलो बाट नष्ट भएपछि बादर गाउँ पसेको अनुमान गरिएको उनले बताए । फागुन चैतमा उदयपुरको जंगलमा डढेलो लागेपछि बादर गाउँ पसेको जानकारी आएको साहले बताए ।‘ डढेलो लाग्नु भन्दा अघि बादर आतंकको जानकारी कतै तिरबाट आएको थिएन।’उनले भने ।
साहले बादरलाई जंगलमा फर्काउने तयारी स्वरुप केही कार्यक्रम शुरु गर्न लागिएको बताए ।
जिल्लाको त्रियुगा, चौढण्डीगढी र बेलका नगरपालिकामा वादरले मन पराउने घास विरुवा रोप्ने तथा प्रबद्धन कार्यक्रम संचालनको लागि मंत्रालयमा पत्रचार गरिएको उनले बताए । उनले प्रदेश न. १ का उद्योग, पर्यटन वन तथा प्रभावित क्षेत्र तथा बादर नियन्त्रण सम्बन्धि सुझाब माग गरिएको बताए ।

Post a Comment