Websoft University

गोकुलम रिसोर्टमा नयाँ साल लागे सँगै आन्तरिक पर्यटकहरुको भीड़ बढ्दै


शिव भट्टराई सुनसरी  बैशाख २गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा ४ बलियामा रहेको गोकुलम रिर्साटमा नयाँ साल लागे सँगै आन्तरिक पर्यटकहरुको भीड निकै बढेको छ।बार्षिक ३लाख जना भन्दा बढि आन्तरीक एवं बाहिरिय पर्यटक घुम्नका लागि गोकुलम पुग्ने गरेको जानकारी दिँदै रिर्साेटका सँस्थापक राधेश्याम पौडेलले बताउनु भयो।

गोकुलममा अब पानिजहाज आकारको दुईटा सिनेमा हल, बैज्ञानिक एवं आधुनिक चिल्ड्रेन पार्क, गार्डेन, मोनोरेल, ब्रिटिस गोर्खा स्मृतिपार्क निर्माण, मूर्ति कला, फोटो ग्राफि स्टुडियो, ट्रि हाउस, कफिहाउसलगायतका २४घण्टे सेवा तथा पुर्वाधार निर्माण गरिने पौडेलले बताउनुभयो।

साढे पाँच बिगाहा क्षेत्रफलमा फैलिएको गोकुलममा संसारका सातौँ आश्चर्यका प्रतिमा ताजमहल,नेपालको सान खुकुरी, आइफल टावर निर्माण सकिएको छ भने बाँकि पाँचवटाको चाँडै निर्माण थालिने सञ्चालकले जनाएका छन्।

मिनि धरहरा, बिभिन्न बिश्वप्रसिद्ध ल्याण्डमार्कहरुका नमूना, चेस, पञ्जालगायतका बिभिन्न आकृती निर्माण गरिएका छन् भने त्यसैगरी एरोप्लेनमा फोटो खिच्ने, पोखरीमा बोटिङ्ग गर्ने,लोप हुँदै गएका पशुपंछी ऊँट, परेवा, ढिकि, जाँतो हेरेर रमाउने , रुखको फेदमा बसेर गफिनेहरु त छन् नै बोटिङ, हर्स राइडिङ, चिल्ड्रेन पार्क,होटेलमा आन्तरिक पर्यटकहरुको भिडभाड हुने गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.