Websoft University

राष्ट्रिय क्रिकेट वैशाख १८ देखि २४ सम्म आयोजना हुन


काठमाण्डौ बैशाख ४ गते । रातो तारा डट कम,मनमोहन मेमोरियल अन्तरप्रदेश १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता वैशाख तेस्रो साताबाट आयोजना हुने भएको छ । आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १८ देखि २४ सम्म आयोजना हुने जानकारी गराएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा ७ प्रदेशको ७ टिमले सहभागिता जनाउने
छ । १६ वर्षमुनिका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता ३० ओभरको हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद र सोहि रकम बराबरको खेल सामग्री प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार नगद र सोहि बराबरको खेल सामग्री पाउने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.