Websoft University

पत्रकारलाई साइबर अपराधको तरबार नदेखाउ


काठमाडौं,  वैशाख ३ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तरगत पक्राउ गरिनु आपत्तिजनक भएको भन्दै पक्राउ गरिएका सबै पत्रकारलाई रिहा गरिनुपर्ने धारणा राख्नुभयो । 

समाचार प्रकाशन गरेको विषयलाई लिएर साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले पत्रकार पक्राउ गरको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले उक्त धारणा राख्नुभएको हो । 

अनलाईन पत्रकार संघद्वारा आयोजित उक्त विरोध कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले पत्रकारलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गर्ने कार्य  तत्काल बन्द  नगरे महासंघ कडा संघर्षका कार्यक्रममा जान बाध्य हुने बताउनु भयो । 

प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेतले शक्तिका आडमा नेपाली प्रेसमाथि दमन गरिन्छ  भने पत्रकाहरु सडकमा आउन बाध्य हुने बताउनुभयो । 

अनलाईन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकाहरुलाई जेल हाल्नका लागि समाचारको विषयलाई लिएर सरकारले विद्युतीय कारेबार ऐनमा पत्रकारलाई पक्राउ गर्न थालेको भन्दै त्यसको विरोध स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले पत्रकारलाइ साइबर अपराधको तरबार नदेखाउ , विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर , प्रेस स्वतन्त्रताको रक्षा गर , पत्रकारको लेख्न पाउने अधिकारको रक्षा गर जस्ता नारा लेखिएका प्ले कार्ड सहित विरोध प्रदर्शन गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.