Websoft University

प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी आज सार्वजनिक गरिने



काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी आज सार्वजनिक गरिने भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार  प्रस्तावित न्यायाधीशविरुद्ध पाँच उजुरी परेका छन् । तीन उजुरी व्यक्तिको नाम किटान गरेर दर्ता भएका र अन्य दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् ।

संसदीय सुनुवाइ समितिले उजुरी सार्वजनिक गर्ने बारेमा छलफल गर्न आज दिउँसो २ बजेका लागि बैठक बोलाएको छ । न्यायाधीशसँगै प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्धका उजुरी पनि आजै सार्वजनिक गर्ने तयारी भएको छ । उजुरी दर्ता गर्ने समय हिजो सकिएको छ ।

प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध दुई र हरिप्रसाद फँुयालविरुद्ध एक उजुरी दर्ता भएको छ । प्रस्तावित न्यायाधीश मनोजकुमार शर्माविरुद्ध कुनै उजुरी परेको छैन । चैत १९ गते न्याय परिषद्ले पाँच न्यायाधीश सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माविरुद्ध उजुरी परेका छैनन् । राष्ट्रिय समावेशी आयोगको अब उजुरीकर्तासँग प्रारम्भिक छलफल गर्नेछ ।
उजुरीकर्तासँगको छलफलपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि समितिले बोलाउनेछ । समितिले सुनुवाइ सुरु भएको ४५ दिनभित्र सुनुवाई गरी निर्णय हुन नसकेमा नियुक्तिका लागि स्वतः योग्य हुने व्यवस्था छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.