Websoft University

अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँले घट्यो


काठमाण्डौ बैशाख ३ गते । रातो तारा डट कम,अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटेको छ । अण्डाको बजार सन्तुलन कायम राख्न हिजोदेखि नै लागु हुने गरी मूल्य घटाएको नेपाल अण्डा उत्पादन सङ्घले जनाएको छ ।

यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । नेपालमा हाल दैनिक ५० लाख अण्डा उत्पादन हुने गरेको छ । कँडेलका अनुसार नेपालमा अहिले दैनिक एक करोड ९२ लाख रुपैयाँ नोक्सानी भइरहेको छ ।

दानाको वर्तमान बजार मूल्य र अन्य खर्चका कारण उत्पादन लागत प्रतिगोटा अण्डाको १० रुपैयाँ ५० पैसा लाग्ने गरेको किसानको भनाइ छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.