Websoft University

धिमाल जातिको जात्री पर्व सुरु


तेजन खड्का-उर्लाबारी,बैशाख ३ गते । रातो तारा डट कम,
प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्रि सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्रि पर्व मनाउछन् । नयाँ बर्षको आगमनसँगै  सुरु हुने यो जात्रि पर्व सुरु हुने गर्छ।

धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा हिजो बैशाख २ गते मेला लगाएर जात्रीपर्व शुरु भएको छ ।  ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि दिएर दिइन्छ ।  भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।

प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामना सहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालहरुले यि समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पुरा भएपछि यसलाई निरन्तरता दिदै मनाउदै आएको जनविश्वास छ ।

 सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष बिजय धिमालले बताए ।

यो पर्वमा धरमठाकुर, लक्ष्मी, चौमाझी, बुढा ठाकुर लगायतको पूजा गरिने उनले जानकारी दिए । यस पर्वले धिमाल जातिमा आपसि सम्बन्धमा प्रगाण बनाउदै बन्धुत्वको भावना बिकास गराउने धिमाल अगुवाहरु बताउछन् ।

 असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलहरुमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँ गाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमालहरु आफूले भाकल गरे अनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालहरुले दुख– बिराम निको होस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् ।

 यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’,‘बगिया’ लगायतका परिकार खुवाउने पनि गरिन्छ ।  धिमालहरु वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । 

मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति बिकास केन्द्रको परियोजनास्थलमा  दुई महिना पश्चात साँस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन
 गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ... आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.