मोरङ चैत १ गते । रातो तारा डट कम,विराटनगरमा स्वच्छ खानेपानी व्यवस्थापनका विषयमा विराटनगर महानगर र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधिहरु वीच शुक्रवार विराटनगरमा छलफल भएको छ ।
विराटनगरको खानेपानी र यसका सम्भाव्यता र स्थानका विषयमा छलफल भएको हो । जाइकाले महानगर भित्र आबश्यक जग्गाको प्रबन्ध सहित शहरको अवस्था अध्ययन गर्ने समय दिन अनुरोध गरेको छ । मेयर भीम पराजुलीले नगरवासीहरुलाई शुद्धखानेपानीको प्रबन्ध मिलाउन जाइकासंग समन्वय र सहयोग मागिएको बताए ।
उनले जाइका संगको सहकार्यमा महानगरभित्र १ घर १ धाराको अबधारणा अनुरुप काम गर्न लागिएको जानकारी दिए । जाइकाको प्रतिनिधि मण्डलका प्रोग्राम एडभाइजर ताकासी साइकीले विराटनगरको खानेपानि अवस्था अध्ययन सहित काम गर्न इच्छुक रहेको बताए । विराटनगरमा अहिले खानेपानीको अबस्था अत्यन्त दयनिय रहेको छ ।
५६ वर्ष अगाडी गाडिएका खानेपानीको पायपहरु प्रायः लिक भएका छन् भने शुद्ध खानेपानी नहुँदा महानगरवासी प्रताडित बन्न पुगेका छन् ।
Post a Comment