Websoft University

इटहरीलाई राजधानीको घोषणा गर्नु पर्ने माग राख्दै बिभिन्न कार्यक्रम गर्ने


शिव भट्टराई सुनसरी चैत १ गते । रातो तारा डट कम,
प्रदेशको नामाकरण तथा स्थायी राजधानिको बहस प्रदेश सरकारमा चलि रहदाँ इटहरीलाई राजधानीको घोषणा गर्नु पर्ने माग राख्दै राजधानी सरोकार समाजले बिभिन्न दवाव मुलक कार्यक्रम गर्ने भएको छ । इटहरीमा प्रसस्त भौतिक पुर्वाधार, शान्ति सुरक्षा, चौतर्फी सडकको पहुुँच तथा खाली जग्गाहरु भएको कारण राजधानि बनाउन उपयुक्त हुने दावी गरेका
 छन् । अन्तराष्ट्रिय प्रचलनलाई पनि हेर्ने हो भने सिमाक्षेत्र नजिक भएको क्षेत्रमा राजधानी बनाउन नमिल्ने सरोकार समाजले बताएको छ ।
इटहरीमा व्यवसायीक केन्द्र देखि सुरक्षाको दृष्टिकोणले पनि मजबुद भएको र सबै जिल्लालाई सहज पर्ने नेपाली कांग्रसका नगर सभापति हेमकर्ण पौण्डेलले बताए । प्रादेशिक राजधानि बनाउन इटहरी उपयुक्त हुने सरोकार समाजले बताई रहदाँ यहाँ रहेका बिभिन्न भौतिक पुर्वाधारहरु राजधानि हुदाँ चाहिने सम्पुर्ण भवनको लागी निजिस्तरबाट व्यवस्था गर्न तयार रहेको नेकपाका नगर सभापति राम प्रसाद चौलागाईको भनाई ।

इटहरीलाई राजधानिको रुपमा धोषणा गर्न सम्बन्धित निकायले चासो नदिए बिभिन्न आन्दोलनको कार्यक्रम घोषणा गर्ने समाजले जनाएको छ । पहिलो चरणमा नमुना मत दान देखि लिएर सडक आन्दोलन समेत गर्ने कार्यक्रम समाजले गर्ने भएको छ । इटहरीलाई राजधानि घोषणा गर्न आनाकानी भएमा स्थानिय स्तरबाटै जनताले सडक आन्दोलनमा उत्रिन बाध्य हुने समाजका संयोजक इटहरी उपमहानगरपालीका मेयर द्धारिकलाल चौधरीले बताए ।

समाजले प्रदेशका सांसादहरुलाई इटहरीमा भेलागरि राजधानिको बिषयमा अन्तरक्रिया लगायत बिरोधको कार्यक्रम गर्ने जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.