Websoft University

बेथिति रोक्न विज्ञापन अव नियमन गर्ने विधेयकमाथि छलफल हुदै

काठमाण्डौ,चैत २ गते । रातो तारा डट कम,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विज्ञापनको क्षेत्रमा देखिएका बेथिति रोक्न सरकारको विज्ञापन नियमन गर्ने विधेयक प्रभावकारी हुने बताउनु भएको छ । 
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री बाँस्कोटाले विज्ञापन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन विज्ञापन विधेयक २०७५ ल्याइएको बताउनु भएको हो । विधेयकमाथि संशोधन दर्ता गराएकाहरूले विधेयकले प्रत्यायोजित गरेको अधिकारका सम्बन्धमा राखेको जिज्ञासामा मन्त्री बास्कोटाले आफनो जवाफमा यस्तो बताउनु भएको हो । संशोधनकर्ताहरू राम नारायण विडारी, राधेश्याम अधिकारी लगायतले ऐन जारी भइसकेपछि ऐन कार्यान्वयन गराउने निकायले जथाभावी नियमावली, निर्देशिका र मापदण्ड बनाउने कार्यको नियन्त्रणको व्यवस्था ऐनमा नै गरिनुपर्ने सुझाव दिएका थिए । समितिले विधेयकका बारेमा सम्बन्धीत मन्त्री, सचिव र संसोधनकर्ताहरूसँग छलफल गरेको हो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.