Websoft University

विराट व्यापार संघले आज गर्यो होली मिलन कार्यक्रम

बिराटनगर चैत १ गते । रातो तारा डट कम,रंगहरुको पर्व होलीको अवसरमा विराट व्यापार संघले आज होली मिलन कार्यक्रम गरेको छ ।
एक अर्कामा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले विराट व्यापार संघले १९ बर्षदेखि हरेक बर्ष होली मिलन कार्यक्रम गर्ने गरेको अध्यक्ष शिवप्रसाद रिजालले बताए ।
कार्यक्रममा १ नं. प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा झोराहाट नाटक घरले विराटनगरलाई प्रदेशको राजधानी बनाउनुपर्ने भन्दै दवावमुलक नाटक प्रस्तुत गरेको थियो । कार्यक्रममा गायक सुमित खड्कालगायतका कलाकारहरुले नृत्य, कविता प्रस्ुतुत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.