Websoft University

नाटाको आठौं वार्षिक साधारण सभा सम्पन्न



बिराटनगर चैत २ गते । रातो तारा डट कम, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाटा)ले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेकोछ ।

कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका पर्यटन बन उधोग तथा बाताबरण मन्त्री जगदिश प्रसाद कुसियातले उदघाटन सत्रलाई सम्वोधन गदै,यो प्रदेशमा धार्मिक पर्यटकिय क्षेत्र र सम्भावनाहरु धेरै भए पनि कानुनी अभावले केहिकुरा गर्न गारो भएकोछ । अहिले कानुन बन्ने क्रममा भएकाले कानुन बनिसके पछि समस्यहरु सकिने बताउनु भयो ।

आफुले नै प्रदेश सरकारको तर्फबाट बिराटनगर बिमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन र बिराटनगरबाट नजिकै सुनसरीको १५३ बिग्गाह क्षेत्र फलमा फैलिएको बुर्जु ताल,रामधुनी,कोशी टप्पु,धरानका मठ मन्दिर बराह क्षेत्र, धनकुट्टाको बसन्तपुरको गुराँस फुल समेतको अवलोकनको हव्वको रुपमा बिकास गर्न यस क्षेत्रलाई पर्यटकिय हव्वमा बिकास गर्न पहल आफैले गर्दै आएको कुरा समेत बताउनु भायो ।

प्रदेश सरकारले यहाको पर्यटकिय हव्वलाई पैचान गरी धनकुट्टा इलाम,सोलुखुम्वुलाई पर्यटकिय नगर नै घोषणा गरेकोले,अव छिटै पर्यटन व्यवसायीहरुलाई भेला गरेर प्रदेश मन्त्रालयले गोष्ठि मार्फत सुइाावहरु लिने र पर्यटन व्यवसायीलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्ने जस्ता धेरै कुराहरु मन्त्रीले कार्यक्रममा राख्नु भएको थियो ।

१ नम्वर प्रदेशका पर्यटन बन उधोग तथा बाताबरण मन्त्रालयका सचिव बद्री राज ठुगानालै पर्यटन संग आवद्घ सबै सस्था मिलेर व्यवसायिक रुपमा अगि बढ्दा राम्रो हुने व्यवसायीरुलाई मंन्त्रालय सहयोग गर्न सधै तयार रहेको बताउनु भयो ।

नाटाका केन्द्रिय उपाध्यक्ष अच्युत गुरगाइले सबै पर्यटन व्यवसायीहरुलाई एकै ठाउमा ल्याएर मिलेर काम गर्न पहल भइरहेको बताउनु भएकोछ ।

गण्डकी प्रदेशका उपाध्यक्ष तथा प्रदेश प्रतिनिधि संन्जय कान्त सिग्देल, नेपाल पत्रकार महासंघ मोरगका अध्यक्ष बन्धु पोखरेल,पर्यटन व्यवसायी रेवत बहादुर थापा,हवाई पर्यटन व्यवसायी भविस कुमार श्रेष्ठ,समेतका वक्ताहरुले बोल्नु भएको थियो ।

नाटा मोरगका महासचिव नविन खरेलले आफनो प्रतिवेदनमा स्रोत यातायात भुगोल क्षेत्र धार्मिक स्थलको पैचान, संम्भावनाहरुको बारेमा व्यापक चर्चा गर्दै,बिराटनगर पोखरा हवाई यातायात पर्याटकिय बसको अवधारणा बस सन्चालनका बिधि बारे प्रतिबेदनमा चर्चा गरिएको थियो ।

पर्याटन व्यवसायी पुन्य भट्टराईले स्वागत मन्त्व्य दिनु भएको थियो भने कार्यक्रम्को अध्यक्ष्ता नाटाका मोरङ अध्यक्ष भुपाल राज श्रेष्ठले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.