Websoft University

आगलागीबाट ६ लाखको क्षति


संखुवासभा, चैत्र २ गते । रातो तारा डट कम,संखुवासभाको सिलिचुङ गाउँपालिका-२ माक्रुडाँडामा शनिवार विहान आगलागी हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको छ ।

 बिहान ६ बजे सोही स्थान बस्ने जंग बहादुर राईको घरमा बिजुली तार सर्ट भई आगलागी हुँदा राईको ढुंगा माटो र काठले बनेको फुसको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद ७ हजार जलेर नष्ट भएको छ ।

उक्त स्थानमा प्रहरी चौकी सिस्वाटारबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.