Websoft University

बंगलादेशलाई ३ गोल लगाएर आज पनि नेपालले जित हात पार्यो


विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशलाई ३ गोल लगाएर आज पनि नेपालले जित हात पारेकोछ । बिराटको सहिद रंगशालामा आज भएको खेलमा समूह ‘ए’ मा रहेको नेपाल घरेलु मैदानमा उही समूहको बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेको हो ।

नेपालले आगामी चैत ६ गते बुधबार विहान ११ बजे समूह ‘बी’ मा रहेको भारत र श्रीलंका बीचको उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नु पर्ने छ । बंगलादेशले त्यही दिन दिउँसो ३ बजे भारत र श्रीलंकाबीचको विजेताको सामना गर्नु पर्ने छ । भारत र श्रीलंकाबीच आइतबार हुने खेलले समूह ‘बी’ बाट समूह विजेताको टुँगो लगाउने छ । नेपाल र बंगलादेश भुटानलाई पराजित गर्दै एक खेल अघि नै सेमिफाइन प्रवेश गरेका टिम हुन् ।

बंगलादेशमाथिको जितसँगै नेपालको फाइनल यात्रा सहज बनेको छ । फाइनल प्रवेशका लागि अर्को टिमको उपविजेतासँग भिड्नु पर्ने भएकाले पनि नेपाललाई केही राहत पुग्ने देखिएको छ । नेपालले तीनवटै गोल मध्यान्तर अघि नै गरेको थियो ।

मध्यान्तरपछि नेपाल बंगलादेशको प्रहार बचाउनेतर्फ केन्द्रीत  रहेको देखिनथ्यो । नेपालको जितमा सावित्रा भण्डारी र अञ्जलीकुमारी योञ्जनले एक-एक गोल गरे । सुरुवाती गोल भने नेपालले आत्माघाती उपहार पाएको थियो । खेलको ६ औं मिनेटमै आत्माघाती गोलको उपहार पाएपछि नेपालले बंगलादेशलाई दबाबमा राख्न सक्यो ।

 नेपालकी मनमाया लिम्बूको लामो प्रहारलाई क्लियर गर्ने क्रममा बंगलादेशकी मसुरा प्रभिनको टाउकोमा ठोक्किंदै बलले जाली चुम्दा नेपालले खेलमा सुरुवाती अग्रता लिएको थियो । स्ट्राईकर सावित्रा भण्डारी एक्लै अघि बढे पनि सफल हुन नसक्दा घम्साघम्सीका बीचबाट मनमायाले बंगलादेशको पोष्टतर्फ लङ प्रहारको अवसर पाएकी थिइन । त्यही बल टाउकोले क्लियर गर्न खोज्नु बंगलादेशका लागि घातक
बन्यो ।
त्यसपछि बंगलादेशलाई निरन्तर दबाबमा राखेको नेपालले २३ औं मिनेटमा दोस्रो गोल ग¥यो । हिराकुमारी भुजेलको क्रस पासमा स्ट्राईकर सावित्रा भण्डारीले वान भर्सेस वानको स्थितिमा गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन ।

९० मिनेटको खेलमा २८ औं मिनेटमै नेपालले जित निश्चित ग¥यो । नेपाललाई जित दिलाउन तेस्रो गोल अञ्जलीकुमारी योञ्जनले गरिन् । सावित्राको पासमा अञ्जलीकुमारीले दिएको फिनिसिङ टचसँगै नेपाल ३–० गोल अन्तरले विजयी बन्दा बंगलादेश समूहको उपविजेतामा खुम्चियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.