बिराटनगर फागुन ३० गते । रातो तारा डट कम,
भुटानलाई पराजित गर्दै साविक उपविजेता बंगलादेश पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपको अन्तिम चारमा प्रवेश गरेको छ ।
बंगलादेशको विजयसँगै घरेलु टोली नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल र बंगलादेशविचको शनिबार हुने लिगको अन्तिम खेलमा समुह विजेताको टुङ्गो लाग्ने छ ।
साफमा पहिलो जितको खोजीमा रहेको भुटानले विराटनगरको शहिद मैदानमा भएको खेलमा साविक उपविजेता बंगलादेशलाई २–० को गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट समुह ए बाट पहिलो चरणबाट प्रतियोगिताबाट बाहिरिएको छ ।
भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग ३–० को गोल अन्तरले पराजित भएको छ भएको थियो । बंगलादेशको जितमा मिश्रात जहान मौसमी र सविना खातुनले गोल गरे ।
पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । बंगलादेशको आक्रमणलाई भुटानी डिफेन्डरले पहिलो हाफसम्म विफल बनाएका थिए।
मौसमीले खेलको ४७ औँ मिनेटमा मोनीका चक्माको कर्नर बललाई सदुपयोग गर्दै हेडर गोल गरि बंगलादेशलाई सुरुवाती अग्रता दिलाइन् । खेलमो ८५ औं मिनेटमा बंगालदेशकी कप्तान साविना खातुनले गोल गर्दै बंगलादेशलाई २–० गोलको जीत दिलाइन् ।
तुलनात्मक रुपमा बलियो टोली बंगलादेशले भुटानविरुद्ध संघर्षपूर्ण जित निकालेको हो । शुरुदेखि नै आक्रामक खेल खेलेको बंगलादेशका लागि भुटानी गोलकिपर संगीता मोंगर बाधक बनेकी थिइन् ।
बंगलादेशको आधा दर्जन प्रहारलाई भुटानी गोलकिपर मोंगरले उत्कृष्ट बचाउ गरेकी थिइन् । खेलको ३६ औं मिनेटमा बंगालदेशकी कप्तान सविना खातुनले प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरिन् । शुक्रबार समूह ‘बी’का श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । खबरपुर्वन्चलबाट

Post a Comment