Websoft University

विप्लव–नेकपालाई लगाएको प्रतिवन्बन्धका बारेमा सरकारको धारणा आज सार्वजानिक


काठमाण्डौ फागुन ३० गते । रातो तारा डट कम, विप्लव नेकपाले संगठित अपराध गरेकाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई प्रतिबन्ध लगाउनु परेको सरकारले आज स्पष्ट पारेकोछ । 

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो बताउनुभएको हो । 

मन्त्री बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको बताउनुभयो । ‘विप्लव’ समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने पनी उहाँले बताउनुभयो । 

अवैध हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सूचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको उहाँले बताउनुभयो । मन्त्रिपरिषदले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको एकसय ४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि गरेको सरकारका प्रवक्ताले बताउनु भएको छ । 

सरकारले दुई राजदूतलाई मन्त्रीको सुविधा दिने निर्णय गरेको छ । यसै हप्तामा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागिन नेपाली राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीलाई मन्त्रीस्तरको सेवा सुविधा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवामा दुई जना उपसचिवको दरबन्दी थप्ने निर्णय पनि गरेको जानकारी प्रवक्ता बास्कोटाले दिनुभयो । 

सरकारले विदेशी नियोगमा जाँदा प्रमुखले लैजाने व्यक्तिगत सहयोगीका लागि पनि विशेष राहदानी व्यवस्था गर्ने निर्णय गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.