Websoft University

देविथान र शिवम मल्टिर्पस प्रालिको गेट अगाडी भेटियो बम


श्याम राई-उदयपुर, फागुन ३० गते । उदयपुरको कटापालिका–२ देविथानमा विहीबार भेटिएको सुतली बम सेनाद्धारा डिस्पोज गरेको छ । मारुती सिमेन्ट उद्योगलाई कच्च पदार्थ( चुनढुंगा) सप्लाई गर्ने शिवम मल्टिर्पस प्रालिको गेट अगाडी बम राखिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए ।

बम फेला परेलगतै नेपाली सेनालाई बोलाएर डिस्पोज गराइएको कुर्मीले बताए । नेकपा( विप्लब) समूहले आब्हान गरेको नेपाल वन्दलाई प्रभाव पार्न राखिएको हुन सक्ने बताएको छ  । बिहिवार बिहान केही ठाउँमा विष्फोटका आवाज सुनिन थालेपछि प्रहरी सतर्कता जिल्ला भरी बढाइएको सुरक्षा श्रोतले जनाएको छ ।

दुरसञ्चार प्रदायक संस्था एनसेलको टावरमा गतसाता मानिसको मृत्यु हुनेगरी विष्फोट गराएपछि नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाका गतिबिधि माथि अंकुश लगाउने निर्णय सरकारले गरेको थियोे ।

यसैबीच सरकारी निर्णय विरुद्ध विप्लवले गरेको बन्दका कारण बिहानदेखि उदयपुरको जनजीवन प्रभावित भएको
छ । बन्दको कारण सदरमुकाम गाईघाट लगायत कटारी, बेल्टार, रामपुर र मुर्कुची  बन्दको प्रभाव रहयो ।

सदरमुकामदेखि छोटो तथा लामो दुरीको कुनै पनि यातायात चल्न सकेन ।  निजी तथा शैक्षिक संस्थान, कलकारखाना पूर्ण रुपमा बन्द रहयो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.