Websoft University

सरकार र सीके राउत सम्झौताबारे स्पष्ट पार्न काँग्रेसको माग


काठमाण्डौ,फागुन ३० गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे स्पष्ट पार्नु पर्ने माग राखेको छ । 

नेपाली काँग्रेसले आफनो पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी फागुन २४ गते सरकारले राउतलाई मूलधारको राजनीतिमा ल्याउने भन्दै गरेको सहमतिबारे स्पष्ट पार्न माग गरेको हो । पृथकतावादी बाटोमा हिंडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मुलधारमा आउन सहमत गराउनु स्वागतयोग्य भएपनि सम्झौताको २ नम्बर बुँदामा असन्तुष्टि जनअभिमतबाट समाधान खोज्ने उल्लेखित विषयमा आफूहरुको आपत्ति रहेको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

उहाँले यो सम्झौताबाट विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट वैधानिकता दिएको समेत आरोप लगाउनुभयो । ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने सम्झौताको दोस्रो पंक्तिको साझा व्याख्या सत्तापक्ष र गठबन्धनको पक्षले मुलुक समक्ष तत्काल प्रस्तुत गर्न नेपाली कांग्रेस माग गर्दछ’ प्रवक्ता शर्माले जारी विज्ञप्तिमा भनिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.