काठमाण्डौ,फागुन ३० गते । रातो तारा डट कम,विश्वको प्रतिष्ठित तथा पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले टेष्ट क्रिकेटमा केहि नियम परिमार्जन गर्ने तयारी गरेके आफनो समचारमा जनाएको छ ।
एमसीसीले टेष्ट क्रिकेटको नियम परिमार्जन गर्न इंगल्याण्डका पूर्व कप्तान माइक गटिङको नेतृत्वमा एक कमिटि गठन गरेको छ । कमिटीमा गटिङसँगै भारतका सौरभ गांगुली, बंगलादेशका शकिब अल हसन, श्रीलंकाका कुमार संगाकारा र अष्ट्रेलियाका शेन वार्न रहेका छन् । परिमार्जन गरिने भनिएको नियममा खेलको समय, बलको संरचना र फ्री हिट लगायतको कुरा उठाईएकोछ ।
पछिल्लो समय स्लो ओभरका कारण टेष्ट क्रिकेट रुचाउने समर्थकमा कमी आएको अध्ययनले देखाएको छ ।
Post a Comment