शिव भट्टराई सुनसरी फागुन ३० गते । रातो तारा डट कम,
"साजिलालको प्रण, अपेक्षा र इच्छा प्रभावकारी शिक्षण र गुणस्तरीय शिक्षा" भन्ने मूल नाराका साथ वि. सं.२०२२ सालमा स्थापना भएको मोरंङको सुन्दरहरैचा-६ स्थित सजिलाल माध्यमिक विद्यालयले ५३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार विभिन्न कार्यक्रम गरी भव्यतापूर्वक मनाएको छ। सो वार्षिक उत्सव प्रदेश नं १ शिक्षा विकास निर्देशनालयका निर्देशक लक्ष्मी प्रसाद भट्टराईको प्रमुख आतिथ्यता साथै विद्यालय व्यवस्थापक समितिकी अध्यक्ष गीता शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि भट्टराईले यस विद्यालयलाई IT(information technology) को माध्यम बाट विश्वका कुना कुनाका बालबालिकाहरुलाई मितेरी सम्बन्ध कायम गरेर यहाँका विद्यार्थीहरुले साझेदारी गरेको देख्न पाऊँ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।विद्यालयको योजना अनुसार पशु विज्ञानको संचालनको लागि प्रदेश सरकारले सहयोग गर्न तयार रहेको कुरा पनि उहाँले बताउनु भएको छ भने उहाँले विद्यालयको वार्षिक मुख पत्र विमोचन गर्नु भएको थियो।
कार्यक्रममा स्वर्गीय साजिलालको शालिकमा माल्यर्पण गरिएको थियो।कार्यक्रममा अक्षय कोष छात्रवृत्ति वितरण , अक्षय कोष दाता तथा सहयोग दाताहरुलाई सम्मान विद्यालय छात्रवृत्ति वितरण, पुरस्कार वितरण गरिएको थियो।सो अवसरमा विशिष्ठ अतिथि शिक्षा विकास तथा समन्वय समितिका ईकाई प्रमुख राजेन्द्र बुढाथोकी , पूर्व प्रधानध्यापक एकराज भट्टराई, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख पितकुमार श्रेष्ठ , अध्यक्ष गीता शर्मा घिमिरे लगायतले बोलेका थिए भने सो कार्यक्रम शिक्षक श्याम प्रसाद भट्टराईले संचालन गरेका थिए।।
Post a Comment