बिराटनगर,चैत १ गते । रातो तारा डट कम,महिला साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै समूह बी बाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो ।
समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह विजेता टोलीको टुङ्गो भने आगामी आईतबार लाग्नेछ ।
समूह चरणको अन्तिम खेलमा आगामी आईतबार भारत र श्रीलंका भिड्नेछन् । आज भएको खेलमा श्रीलंकालाई जित दिलाउन चलानीकुमारी इकानायाकेले दुवै गोल गर्नुभयो । प्रतियोगिता अन्तर्गत भोलि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

Post a Comment