Websoft University

इलाका प्रहरी कार्यलय इटहरीमा समिर चन्द्र खरेल आए



शिव भट्टराई सुनसरी चैत १ गते । रातो तारा डट कम,
इलाका प्रहरी कार्यलय इटहरीमा प्रहरी नायव उपरिक्षक समिर चन्द्र खरेल आएका छन।

आज पत्रकार संग कुरा गर्दै,आफनो कार्यकालमा गुण्डागर्दी
अपराध नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नु प्रहरीको मुख्य दायित्व भएकोले ऐन तथा नियमलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै राम्रो कामलाई  प्राथमिकता दिने खरेलले बताएका हुन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै खरेलले इटहरीमा फरार अपराधीहरुको डाटा अफडेट गरेर उनीहरुमाथी निगरानी बढाउँदै कारबाही गरिने बताए ।  मानव बेचबिखन र यौन व्यवसाय नियन्त्रणलाई समेत प्राथमिकतामा राखेर काम गर्ने  खरेलको भनाइ छ ।

प्रतिबन्धित लागु औषध नियन्त्रण, फरार अभियुक्त पक्राउको लागि सबैसँग मिलेर काम गने खरेलको भनाइ छ । खरेलले समूदाय संग प्रहरी कार्यक्रम मार्फत समूदायमा सचेतनात्मक कार्यक्रमहरुलाई तीब्रता दिने योजना रहेकोे जानकारी दिएका हुन ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा बिशेष योजनाका साथ प्रहरीले प्रविधिहरुको प्रयोग गरि अपराधिक घटना न्यूनिकरण गर्ने खरेलले बताए । तीन बर्ष अगाडिको प्रहरी तथ्थांकलाई हेर्दा २०७३।७४ देखि हालसम्म गुण्डागर्दीको मुद्धा बढी देखिएका कारण आफ्नो पनि पहिलो प्राथमिकता गुण्डागर्दी नियन्त्रण गर्नुनै रहेको खरेलले बताएका हुन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.