मोहन कुमार राई- फाल्गुण २९ गते । रातो तारा डट कम,
संंखुवासभा-चैनपुर नगरपालिकाले नगर क्षेत्रभित्रधार्मिक, पर्यटकीय स्थलहरु, साँस्कृतक धरोहर, विद्यालय, विश्वविद्यालय, स्वास्थ्य, खानेपानी, सिँचाइ, सरकारी कार्यालय, लगयतत्यहाबसोवास गर्ने जनताहरुको यर्थाथ वस्तुस्थिति आफ्नो वेवसाइटमा राख्नेभएको छ ।
ऐनाझै प्रस्ट हेर्न सकिने नगरको पाश्र्वचित्रनिर्माणको लागिनगरपालिका क्षेत्रभित्र घरधुरी सर्वेक्षण बुधबार चैनपुर नगरपालिका वडा नं. ३ स्थित नगरका मेयर भरतकुमार खत्रीको घरबाटै घर नं. टास गर्दैतथ्याङ्क संकलनकर्ताहरुबाट शुरु गरेको छ ।तथ्याङ्क डिजिटल माध्यमबाट अफलाइन भरी नगरको वेवसाइटमा अपलोड गरेपछि सवेक्षणले समग्र चैनपुर नगरपालिकाको पहिचानदिन सक्ने पाश्र्वचित्रतयार गर्नेछ ।
घरमुलीको नाम, फोन नं. नागरिकता नं. घर नं. लगायतआर्थिक सामाजिक सम्पूर्ण तथ्याङ्कहरु संकलन गरी नगरपालिकाको आफ्नो वेवसाइटमा राखेपछि जुनसुकै वेलाजुनसुकै ठाउँमा रहेर पनिनगरपालिकाको अध्ययनगर्न सकिने मेयर खत्रीले वताउनुभयो । यसरी सर्वेक्षण गरेपछि प्रत्यक्ष रुपमाजनता र नगरपालिका सँग कुनै पनि वेलासिधा सम्पर्क गर्न सकिने भएकाले जनताको समस्यामानगरपालिकाले गर्नुपर्ने सहयोग गर्न सक्ने तथाआफुलाई आवश्यक परेको खण्डमा जनताले पनि सम्पर्क गर्न सक्ने भएकोले सबैलाई फाइदापुग्नेछ ।
नगरपालिकाको आर्थिक सामाजिक, जैविक, धार्मिक, सास्कृतिक, कुन क्षेत्रमा कस्तो किसिमको विकासको आवश्यकताहो नगरपालिकाले पहिचान गरी आफ्नो कार्यक्रम समेत अगाडी बढाउन सक्ने हुँदा दीर्घकालीन सोचका साथगुरुयोजनातयार गरी आफु अघि बढ्न मद्त पुग्नुको साथैएकिकृत शहरी विकास योजना जस्ता ठूला आयोजना सञ्चालनगर्न समेत सहयो पुग्नेआशानगरले राखेको छ ।
यतीमात्रनभै नगरको समग्र विकासमा सहयोग गर्न चहने व्यक्तिवा सामाजिक संंघ सस्थाहरुले पनि यो प्रोफाइलअध्यनगर्न सक्ने भएकोले सवेक्षण कार्यको थालनीगरिएको हो ।
अनुमानित २० लाखमाथीखर्चेर चैनपुर नगरपालिकाले शुरु गरेको नगरको पाश्र्वचित्रनिर्माणमा समाज स्पर्श समिति चैनपु, एक्सन एड नेपाल र प्राविधि सहयोग स्मार्ट टेक नेपालले गरेको प्रोफाइलनिर्माण समितिको सदस्य सचिव टंक रोक्काले जनाएको छ ।
Post a Comment