Websoft University

माल्दिभ्सलाई भारतले ६ गोल हानेर आजको जित हात पार्यो

विराटनगर, फागुन २९ गते । रातो तारा डट कम,विराटनगरमा भएको पाँचौं महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।
आज भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० को पराकिलो गोलले पराजित गरेको हो । भारतको जितमा सन्जुले दुई गोल गरिन् । ग्रेस डाङमी, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले गोल गरे ।
भारतको महिला साफमा अहिलेसम्म पराजितको मुख हेर्नु परेको छैन । भारतले यस अघि महिला साफमा १९ खेलको अपराजित यात्रा गरेको छ । भारतले खेलको आठौँ मिनेटमा नै अग्रता लिएको थियो ।
भारतले खेलको आठौँ मिनेटमा अग्रता लिएको थियो । भारतका लागि ग्रेस डाङमीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो गोल गरेको ५ औँ मिनेटमा सन्धिया रङ्गनाथले गोल गर्दै भारतको अग्रतालाई दोब्बर पारिन् । 

खेलको २२ औ मिनेटमा भारतकी ईन्दुमती काथिरसेनले गोल गर्दै भारको अग्रता ३–० बनाइन् । २७ औ मिनेटमा सञ्जुले गोल गर्दै भारलाई ४–० को अग्रता दिलाइन । निकै नै आक्रामक देखिएको खेलको पहिलो हाफको इन्ज्यूरी समयमा रतनबालादेवी नोन्गामाइथिमले गोल गर्दै भारतलाई पहिलो हाफमा ५–० गोलको अग्रता दिलाइन् । रतनबालादेवीले डिबक्स नजिकबाट गरेको प्रहारलाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लीजाले जर्ज गर्न नसक्दा बलले जाली चुमेको थियो ।
पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । तर माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो । खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले थप गोल गर्दै भारतलाई ६–० को फराकिलो गोलको जित दिलाएकी हुन् । 

भने सन्जुले ब्याक्तिगत २ गोल गरिन् । शुरुदेखिनै आक्रमण खेल खेलेको भारतले गोल गर्ने राम्रो मौका गुमाए पछि थप गोल गनैृ चुकेको थियो । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो ।
प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.