Websoft University

गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो सार्वजनिक



रोशन पोखरेल , काठमाडौं फागुन २९ गते ।
रातो तारा डट कम,गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’ गीतको भिडियो  सार्वजनिक भएको छ ।  राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजलु’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठटको  अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा मुकेश हुमागाईँको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ ।

नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने
छ । काठमान्डौ आसपास र गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास गाजल टिमले लिएको छ । भिडियोको सफलताको लागी हाम्रो तर्फबाट शुभ कामना ।।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.